
गाईघाट/फागुन, १०
कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा उदयपुरले स्थानिय निकाय भुमिका विषयक अन्तक्रिया डिम्कीको पिकनिक स्पोर्टमा बनभोज कार्यक्रमको आयोजना गरी गरेको छ । दिगो रुपमा सिलाई कटाई लाई व्यवसायीक र संस्थाग विकासको संञ्चालनमा स्थानीयको समेत महत्वपूर्ण भुमिका रहने भन्दै शनिवार अन्तक्रियाको आयोजना गरेको हो । संस्थाको मात्र पहलले व्यवसायीक रुपमा अगाडी बढ्न केही समस्याहरु आईपरेपनि संस्थाले यस प्रति निकै मेहनत र चासोको रुपमा व्यवसायीलाई अगाडी बढाएको छ ।
यसमा स्थानीय निकायरुले केही पहल गरेर जाने हो भने सहज तरिकाले यसको संस्थागत विकास र व्यवसाय अझै उत्कृष्ट हुने भन्दै अन्तक्रिया गरेको हो । अन्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिको प्रमुख खड्ग परियारले यो व्यवसायीले मानिसलाई रोजगार मात्रै प्रदान नगरी व्यक्तिगतमा पनि ठुलो भुमिका खेलेको बताउनुभएको छ । आज सिलाई कटाई बाटै बनेको कपडाहरु ठुला र इज्जतदार मानिसहरुले प्रयोग गरेर हिड्ने हुदा यो पेसा निकै महत्वपूर्ण पेसा रहेको बताउनुभयो ।
उहाँले यो व्यवसाय पछिल्लो समयमा फस्टाउँदै गएको बताउनुभयो । हिजो जातिय पेसाको रुपमा परिचित यो व्यवसाय आज गैरजातिहरुको समेत रोजगारको माध्यम बनेको उहाँले बताउनुभयो । यस पेसालाई व्यवसायीकरण गर्न समन्वयको तर्फबाट थुप्रै पहलहरु गर्ने उहाँले बताउनुभयो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको केन्द्रीय महासचिव शन्त परियारले व्यवसायीक रुपमा अगाडी बढाउन संघ नै खडा गरिएको बताउनुभयो उहाँले नेपालमा ५६ ओटा जिल्लाहरुमा संघ स्थापना गरेर व्यवसायीलाई मर्यादित बनाउन परिचालन भएको बताउनुभयो ।
संघका जिल्ला शाखा उदयपुरकी अध्यक्ष ज्ञानु प्रधानले सबै क्षेत्रबाट यसको सहयोग पुगेमा व्यवसायीले ठुलै रुप लिने बताउनु भएको छ । हिजो धरै मानिसहरु व्यक्तिगत रुपमा यस व्यवसायमा लाग्दा निकै समस्याहरु खेपेर काम गर्नु परेको थियो । व्यवसायीक रुपमा यसको विकास गर्न संघले सबैलाई एकजुट बनाएर यसको महत्वलाई बुझाउने र चुनौतीमा पनि एक जुट भई व्यवसायीलाई अडाडी बढाउने बताउनुभयो । यसको लागी सबै क्षेत्रले पहल र सहयोग गर्नु पर्ने उहाँले आग्रह गर्नुभयो ।
फोटो फिचर

