Wednesday, June 10News That Matters

दशैंको मुखमा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

पूर्णपुष्टि, असोज ११ गते ।
घटस्थापनाको दोस्रो दिन गोरखाको कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको थियो ।
एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए ।