Sunday, May 3News That Matters

दशैं अवधिमा सवारी दुर्घटनामा परी कोशीमा १६ जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १२ । कोशी प्रदेशमा दशैंको अवधिमा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् ।

कार्तिक ५ गते फुलपातिबाट कात्तिक ११ गते कोजाग्रत पुर्णिमासम्म १३५ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार १३५ वटा सवारी दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् भने २६५ घाईते भएका छन् । जसमध्ये ४१ जना गम्भिर घाईते भएका छन् ।

दशैंमा ६ हजार ६२८ वटा सवारी साधन कारवाहीमा पर्दा ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।