
पूर्णपुष्टि, फागुन १४
दक्षिण एसिया फाउन्डेसनले दशवटा लोक कथाका चित्रपुस्तकलाई अर्चुअल माध्यमबाट लोकार्पण गरेको छ ।
समुदायमा रहेका लोककथाहरूलाई विभिन्न सर्जकहरूद्वारा सङ्कलन गरि बालबालिकाको पठन मैत्री चित्रपुस्तकहरू तयार गरी सोमबार लोकार्पण गरिएको हो ।
कोरोना भाईरसको कारण भर्चुअल रूपमै लोककथा संकलन कार्यशाला भएको थियो भने भर्चुुअल रूपमै लोक कथाको लोकार्पण कार्यक्रम गर्नु परेको कार्यक्रमका संयोजक अनुराधाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नयाँ अनुभव भयो । कार्यशालादेखि डिजिटल पुस्तक प्रकाशनसम्म भर्चुअल रूपमा नै गरियो । यो सफलताले उत्साहित तुल्याएको छ ।”
फाउन्डेसनको लेट्स रिड एउटा डिजिटल पुस्तकालय हो । यसमा धेरै भाषा र देशका विभिन्न बालपुस्तकहरू पढ्न पाइन्छन् । बालबालिकाले आफ्नै भाषा, परिवेश, विषय र पात्रहरू भएका सिर्जना गरिएको छ । लोकार्पित दश लोककथाका बालपुस्तक पनि एकै पटक विश्वभरका पाठकहरूले www.letsreadasia.org मा पढ्न सकिने जनाईएको छ ।
नेपाल विभिन्न जातजातीको बसोबास भएकाले किंवदन्ती, दन्त्य, पौराणिक, ऐतिहासिक, सांस्कृतिकलगायतका विभिन्न लोककथाहरूले सुसज्जित छन् । यस्ता कुराहरु बढापाकासँगै हराउदै गएकाले यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पुस्तकमा उतार्ने काम गरेको फाउन्डेसनकी समिरा श्रेष्ठले बताउनुभयो ।

दश पुस्तकमध्ये सुनकेशी नानी लोक कथा यमुना पराजुली अधिकारीले संकलन गरेको छ भने चित्र प्रज्वल थापामगर, सम्पादन यशु श्रेष्ठ र चित्र सम्पादन सुमन महर्जनले गरेको छ । यस्तै आँखीझ्याल लोक कथा मिदेश महर्जनले संकलन गरेको छ भने चित्र कृपा र दृष्टि मानन्धर, सम्पादन यशु श्रेष्ठ र चित्र सम्पादन प्रोमिना श्रेष्ठले गरेको छ ।
यसैगरी एक बित्ते लोककथा संकलक कृष्णराज सर्वहारी, सम्पादक प्रमोद प्रधान, चित्रकार कृषा ताम्राकार, र चित्रसम्पादक सुमन महर्जन, छट्टु स्यालको चोर्ने दाउ लोककथाको संकलक मन्दिरा मधुश्री, सम्पादक प्रा.डा. ध्रुवकुमार घिमिरे, चित्रकार एलिना छन्तेल र चित्रसम्पादक बन्दना तुलाचन, बुढाबुढी र सेलरोटी लोककथाको संकलक प्रभा भट्टराई, सम्पादक भिक्टर प्रधान, चित्रकार अर्पिता शाक्य र चित्रसम्पादक उवाहाङ नेम्बाङ, राजकुमारी र सुनपाती पूmल लोककथाको संकलक तथा चित्रकार विनिता वुद्धाचार्य, सम्पादक प्रमोद प्रधान र चित्रसम्पादक प्रोमिना श्रेष्ठ, बाघभैरव लोककथा संकलक रकि महर्जन, सम्पादक प्रा.डा. ध्रुवकुमार घिमिरे, चित्रकार उज्ज्वल तामाङ र चित्रसम्पादक उवाहाङ नेम्वाङ, युमा साम्माङको कथा भन्ने लोककथाको संकलक नामओती नेम्वाङ, सम्पादक भिक्टर प्रधान, चित्र निलम भुर्तेल र चित्रसम्पादक अविन श्रेष्ठ, ढोला फर्कियो त ? लोककथाको संकलक इन्द्र चौधरी, सम्पादक कृष्णदीप सिग्देल, चित्र नबिन नाल्बो र चित्रसम्पाद अविन श्रेष्ठ अनि जिब्रो छेड्ने ख्याक लोककथाको संकलक श्यामकृष्ण खुलीमुली, सम्पादक कृष्णदीप सिग्देल, चित्र प्रकाश रंजित र चित्रसम्पादक अविन श्रेष्ठ रहेका छन् ।
लोकार्पण कार्यक्रममा पुस्तकका सर्जक, सम्पादक, चित्रकार, चित्रसम्पादक, फाउन्डेसनका प्रतिनिधिहरू, पत्रकार, सहजकर्ताहरूको सहभागिता रहेको थियो ।
