Wednesday, June 10News That Matters

दसा नबनोस दसैं त्यसैले चाडपर्वको समयमा कोरोनाबाट बच्ने १८ मन्त्र

पूणर्पुष्टि,कार्तिक ११ 

यो बेला हरेक नेपालीको घर–आँगनमा चाडपर्वको रौनक छाएको छ । दसैंको बिदाई लगतै अर्को पर्व तिहारको आगमन हुन्छ । दसैं सकिए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद  लिने क्रम भने अझै सकिएको छैन । पूर्णिमा सम्म आफू भन्दा ठूलाको हातबाट टीको लगाउने प्रचलन नेपाली समाजमा रहेको छ ।

नेपालीहरु वर्षभरि विभिन्न कामले देश–विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई मिठो परिकार खानुका साथै आशिर्वाद आदानप्रदान गर्ने गरछन् । तर यो वर्ष भने कोभिड–१९ को महामारीको बीचमा दसैं–तिहार मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।

साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ । यो महामारीको विशेष अवस्था हो । कतिपय मानिसले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड–१९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ ।   जटिल अवस्थाका दर्जनौं कोभिड संक्रमितको उपचार र व्यवस्थापनको सिलसिलामा भएका मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरुलाई नजिकबाट अनुभूति गरेको हुनाले कोरोना महामारी सामान्यमात्र हुँदै होइन ।

विशेष गरेर कोभिड–१९ को जोखिम समूह जेष्ठ नागरिक र दीर्घरोगीहरु हुन् । यसर्थ, चाडपर्वको लार्पवाही नगरी जनस्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ व्यवहारमा लागू गरे दसैं र त्यसपछिका दिनहरु शुभ रहने विश्वास सहित निम्न स्वास्थ्य सावधानी अपनाउनु हुन अनुरोध छ ।

१. चाडबाडमा घरमा आउने पाहुनालाई संक्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔं। आफू पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मुलमन्त्र अबलम्वन गरौं ।

२. घर बाहिरवाट आएपछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा अलग्गै सफा गर्ने ।

३. भरसक आफन्तकोमा नजाने, जानै परे सीमित संख्यामा सावधानी अपनाएर जाने ।

४. आफन्तकोमा जाँदा सीमित कोसेलीहरु लिएर जाने। सकेसम्म घरायसी कोसेली उपयुक्त हुन्छ ।

५. घरमै रहँदा पनि साबुनपानीले मिचिमिची हात धोइरहने ।

६ . घरभित्र सँगै रहँदा पनि पर्याप्त भौतिक दूरी कायम गर्ने ।

७. घरमा रहेका अन्य सदस्यहरुले प्रयोग गर्ने निजी सरसामान जस्तैः ल्यापटप, मोबाइल, तौलियाहरु एक अर्काले प्रयोग नगर्ने। मोबाइलको कभर खोली स्यानिटाइजरले राम्ररी सफा गर्ने ।

८. घरमा रहँदा पनि मास्कको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ ।

९. टीका लगाउँदा अनिवार्य दुवैजनाले मास्क प्रयोग गर्ने। प्रत्येक पटक हात धुने वा स्यानिटाइज गर्ने ।

१०. टीका लगाइसकेपछि भरसक खुट्टामा नढोग्ने, टाढैबाट शीर निहु¥याएर दर्शन गर्ने ।

११. पीसिआर फल्स नेगेटिभ आएको वा लक्षणविही नभएको अवस्था पनि हुनसक्ने भएकोले पिसिआर टेस्ट नेगेटिभ आएकोले पनि उत्तिकै सर्तकता अपनाउनु पर्छ ।

१२. संक्रमणपछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादी संक्रमणहरु हुनसक्छन्। रिइन्फेक्सन वा पोस्ट कोभिड पनि हुनसक्ने भएकोले थप भर्खरै निको भएको संक्रमितले थप सर्तकता अपनाउनु पर्छ ।

१३. खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरीरको पाचन प्रक्रियामा असर पु¥याउने केही पनि खाने कुरा नखाने ।

१४. फ्रिजमा राखेको पेय पदार्थको प्रयोग नगर्ने । दिनभर शरीरलाई पुग्ने गरी पर्याप्त मनतातो पानी पिउने ।

१५. खाना खाइसकेपछि वा खानेकुरा खाएपछि ब्रस गर्ने। नुनपानीले मुख कुल्ला गरी ओरल हाइसिन कायम गर्ने ।

१६. सामान्यतया, चाडपर्वमा खानपिनको मात्रा बढी हुने हँुदा शारीरिक अभ्यास र घरायसी कार्यहरु समेत गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्ने। पर्याप्त सुत्ने। बिहान ७÷८ बजेको घाम ताप्ने ।

१७. आफूले दैनिक खाने औषधि नियमित सेवन तथा प्रयोग गर्ने ।

१८. कोभिड–१९ वा रुघाखोकीको लक्षण र चिह्न नभए पनि दैनिक सुत्ने बेलामा तातोपानीको बाफ कम्तीमा आधा घन्टा लिने ।