
पूर्णपुष्टि,कार्तिक १२
पाँच दिन देखी स्थगित स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पुन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बारेमा गर्दै आएको जानकारी आजबाट नियमित हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर २ सय ६० दिनदेखि कोभिड १९ का बारेमा जानकारी गराउँदै आएको छ । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुुसार गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो ।

मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड १९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो ।

