दाँतको सामान्य देखी जटिल उपचार सहित गाईघाटमा बिषहरा मल्टि स्पेशालीटी डेन्टल क्लिनिक खुल्यो

पूर्णपुष्टि, मंसिर २२
दाँत सम्बन्धि गाईघाटमा हाल सामान्य उपचारहरु मात्रै भईरहेको अवस्थामा बिषहरा मल्टि स्पेशालीटी डेन्टल क्लिनिकले सबै खालको उपचार सहित सेवा सुचारु गरेको छ ।
त्रियुगा नगरपालिका ११ बोक्से जाने बाटो त्रियुगा हस्पिटलको लाईन सेतोपुल नजिकै क्लिनिकले आफ्नो सेवा सुचारु गरेको हो । क्लिनिकको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले बुधबार रिबन काटेर गर्नुभयो ।

गाईघाटमा संञ्चालन रहेका डेन्टलहरुमा सामान्य उपचारहरु मात्रै भईरहेकाले कुनै समय जटिल विरामीहरु आएको अवस्थामा तत्काल बाहिर रेफर गर्नु पर्ने अवस्था छ ।
जटिल उपचारका लागि धरान लगायत अन्य ठाउँहरुमा रेफर गर्नु पर्ने समस्यालाई समधान गर्दै अब जटिल बिरामीले समेत गाईघाटमै उपचार पाउने गरी बिषहरा मल्टि स्पेशालीटी डेन्टल खोलिएको क्लिनिक संञ्चालक अम्विका चौधरी बताउँछीन् ।

यस क्लिनिकमा दाँत सम्बन्धि सामान्य उपचार मात्रै नभई दाँतका बिभिन्न बिरामीहहरुलाई सर्जरीको समेत सेवा उपलब्ध हुने गरी संञ्चालनमा आएको संञ्चालक चौधरीको भनाई छ ।
अत्याधुनिक प्रविधि मेशिनहरुको जडान र उपयोगमा दाँतका सबै खाले उपचार गरिने चौधरीले बताईन् ।

त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीले गरिन् क्लिनिकको रिबन काटेर उद्घाटन् ।

हाल गाईघाटमा (बि.डि.एस) लेभलको डाक्टरहरुले दाँतको सामान्य समस्या आरसिटी सम्मको उपचारहरु मात्रै गरिरहेको हुँदा दाँतको आरसीटी बाहेक सर्जरी र जटिल उपचारको लागि भने बाहिर नै रेफर गर्नु पर्ने अवस्था आउने गरेको चौधरीको भनाई छ । तर यस क्लिनिकमा भने (एम.डि.एस) लेभलको बिषेशज्ञ डाक्टरहरुबाट जटिल उपचारहरु समेत हुने जनाईएको छ ।

क्लिनिकका कन्सलटेन्ट इन्डोडोन्टिस बिषेशज्ञ डाक्टर, नारायण चौधरीले दाँतको बिभिन्न जटिल समस्यालाई पनि हल गर्न सक्ने गरी उपचार गरिने जनाएको छ । उनले गाईघाटमा आरसिटी बाहेका अन्य उपचारहरु बाहिर लैजानु पर्ने अवस्था अब नरहेको बताए । चौधरीले गाईघाटमै जटिल उपचारका लागि प्रविधि र दक्ष जशक्ति समेतको क्लिनिक संञ्चालनमा आएपछि धरान, लाहान र राजविराज जस्ता ठाउँहरुमा विरामी रेफर गर्नु नपर्ने बताएको हो ।

चौधरीले आरसीटी भन्दा जटिल बिरामी सिस्टको सर्जरी पनि यसै क्लिनिकले गर्ने भएकाले बाहिर जानु नपर्दा बिरामीहरुलाई सुविधा र खर्चको समेत बचत हुने जनाए । गाईघाटमा हाल सम्म दाँत सम्बन्धि कुनै पनि रोगको सर्जरी गर्न सक्ने क्लिनिकहरु नरहेका कारण बिरामीहरुले बाहिर उपचारका लागि जानु पर्ने चरम समस्यालाई यस क्लिनिकले समधान गरेको छ ।

उपचारको लागि अत्याधुनिक मेशिन र बिषेशज्ञ डाक्टरहरु बाट क्लिनिकले दाँत सम्बन्धि साना तथा ठुला सबैखाले उपचारहरु गर्ने भएकाले अब ठुला बिरामीहरुले पनि उपचार गर्न पाउने डा. चौधरीको भनाई छ । चौधरी दाँतको आरसीटी सम्बन्धि बिषेशज्ञ डाक्डर हुन् । उनले नेपाल सरकारको स्कलर सिपबाट ((बि.डि.एस) बिपि क्याम्प धरान र (एम.डि.एस) पनि बिपि क्याम्प धरान बाटै सकाएको छ । चौधरीले अब स्वास्थ्य मान्त्रालयले नियुक्ति गरेको हस्पिटलमा दुई बर्ष काम समेत गर्नेछ । क्लिनिकका अर्का डाक्टर अम्बिका चौधरीले किस्ट मेडिकल कलेज बिपि क्याम्प बाट (बि.डि.एस) गरेकिछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0