
पूर्णपुष्टि, चैत्र २६ । रुकुमपूर्वमा एकै घरका दुई दिदि बहिनिको हत्या आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव फेला परेपछि अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिईन् ।
गत चैत्र २२ गते खरायोलाई सिस्नु टिप्न हिडेकी ११ बर्षीया रिना बुढा र उनकी ९ बर्षीया बहिनी कालिमाया बुढा घर नफर्कीएपछि परिवारले खोजतलास गर्ने क्रममा चैत्र २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । दिदि बहिनिको हत्या गरी भिरबाट फालेको आशंकामा ७ जनालाई सोधपुछका लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ति दुबै दिदि बहिनीको गहना लुटपाट भएकोले हत्या गरिएको हुन सक्ने प्रहरीको भनाई छ । शनिबार दुबै बालिकाको शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धाको क्रममा रहेकोले पक्राउ परेकाहरुको प्रहरीले विवरण खुलाएको छैन ।
