Thursday, June 4News That Matters

दिदीसँगै नुहाउन गएकी ८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु

पूर्णपुष्टि, वैशाख १७ गते ।
दिदीसँगै नुहाउन गएकी ८ वर्षीया एक बालिकाको खोलामा डुवेर ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बुढीखोलामा डुवी रुसिना खातुनको ज्यान गएको हो ।
हिजो दिउँसो १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकी रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तलास गर्ने क्रममा सोही स्थानमा डुवी मृत अवस्थामा लाश फेला पारेको थियो । मृतक बालिकाको लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।