
पूर्णपुष्टि, साउन ९ गते ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ नागवेलीकी ३७ वर्षीया दिलकुमारी राईको मृत्यु श्रीमानको कुटाईबाटै भएको आफन्तले आरोप लगाएको छ ।
असार ४ गते आफ्नै घरमा दिलकुमारीको शव फेला परेको थियो । दिलकुमारीको हत्या उनकै श्रीमान खड्ग बहादुर राईलेनै गरेको आफन्त र छोरोछोरीले आरोप लगएको छ । उनीहरुका अनुसार लाशको विभिन्न ठाउँमा निलडाम रहेको थियो । अहिले उनको श्रीमानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । श्रीमान् राई स्थानीय एक विद्यालयका शिक्षक समेत हुन् ।
