Thursday, May 7News That Matters

दिवसमा निःशुल्क स्वास्थ्य शिविर

उदयपुर, असोज १४ गते ।
उदयपुरमा दिवसको  अवसर पारेर जेष्ठ नागरिकमा हुने अल्जाईमर्सको विस्तृत जानकारीसँगै निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । २९ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उमेर बढ्दै जाँदा अल्जाईमर्स हुने गरेकाले जेष्ठ नागरिकलाई सचेत गराउँदै स्वास्थ्य परिक्षण गरिएको हो । जेष्ठ नागरिक दिवससँगै २६ औँ विश्व अल्जाईमर्स दिवस मनाईएको छ ।

“उमेर जन्य विभेदको अन्त्यको यात्रा” भन्ने मुल नाराको साथ त्रियुगा नगरपालिकाको आयोजनामा जिल्ला अस्पताल, सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि, रौता हस्पिटल प्रालि, त्रियुगा हस्पिटल प्रालि, जेष्ठ नागरिक कल्याणकारी समाज, जेष्ठ नागरिक जिल्ला संघ, अभिभावक सेवा समाज र मानव अधिकार संजाल उदयपुरको सहकार्यक्र कार्यक्रम भएको अयोजकले जनाएको छ ।

नेपालीहरुको महान चाड दशैँ, तिहार भित्रिदै गर्दा विदसको अवसर पारेर जेष्ठ नागरिकहरुलाई जिल्ला अस्पताल र निजी हस्पिटलको संयुक्त चिकित्कस टोलीले निःशुल्क शिविर संचालन गरेको छ । निःशुल्क चोकजाँच गरि भएका औषधीहरु पनि निःशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।

नगर भित्रका जेष्ठ नागरिकहरुको सहभागितामा उमेर बढ्दा हुने अल्जाईमर्स रोगको जानकारी, कसरी बच्न सकिन्छ, जेष्ठ नागरिकले पाउने सेवा सुविधा लगायतका विषयको विस्तृत जानकारी अस्पतालहरुले दिएको जेष्ठ नागरिक कल्याणकारी समाज उदयपुरका अध्यक्ष योगेश्वर घिमिरेले बताए ।
सदरमुकाम गाईघाटमा रहेको सरकारी र निजि हस्पिटललाई सम्मान पत्रका साथ सम्मान गरिएको छ । त्यस्तै जेष्ठ नागरिकको हक हितका लागी योगदान गरेका व्यक्ति र योगदान गरि जेष्ठ नागरिक भएका व्यक्तिहरुलाई नगरका उपमेयर देवीकुमारी चौधरीले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष घिमिरेले बताए ।

जेष्ठ नागरिकलाई सम्मान स्वरुप सरकारको पक्षबाट दिईरहेका सेवा सुविधामा कुनै पनि समस्या आउन नदिनेर त्रियुगा नगरपालिकाका उपमयेर देवीकुमारी चौधरीले बताईन् । जेष्ठ नागरिकलाई नगरले जस्तो सुकै अवस्थामा पनि सहयोग गर्न तत्पर रहेको र सहयोग गर्दै आएको उनले बताईन् ।

पछिल्लो समयमा आएर छोरा बुहारीले बावु आमाको नाममा भएको चल अचल सम्पती आफ्नो नाममा पारि सकेकोपछि घर निकाला गर्ने र वेवास्था गर्ने समस्या बढ्दै गएको छ । यस्ता मुद्दाहरु पछिल्लो केहि समयमा बढ्दै गएको पाईएको मानव अधिकारकर्मी माया भण्डारीले बताए । यस्ता समस्याको न्युनिकरण गर्नका लागि सम्बन्धित निकायले प्रभावकारी जनचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको उनले बताईन् ।

कार्यक्रममा जेष्ठ नागरिक, त्रिनपा–१०, ११ र १६ नम्बर वडाका वडाध्यक्षहरु, मानव अधिकारकर्मी, विभिन्न संघ सस्थाका प्रतिनिहरुको सहभागिता रहेको थियो ।