Thursday, May 7News That Matters

यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा

असोज १४ गते । 
यौन दुव्र्यवहार गरेको आरोपमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको छ । चौतर्फी आलोचना र दवावका विच नेकपा सचिवालयका बैठकलेसमेत राजिनामा दिन सुझाव दिएपछि सभामुखले मंगलबार राजिनामा दिएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि सभामुख महराले यौन दुव्र्यवहारको आरोप लागेको छ । आफूमाथि लागेको आरोपबारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानबिन तथा अनुसन्धान गर्न सहज बनाउनका लागि नैतिकताका आधारमा उपसभामुख समक्ष राजीनामा दिएको बताएको छ ।
बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएको थियो ।
सभामुख महराको सचिवालयले यस घटनाको खण्डन गरेको छ । सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुव्र्यवहार नगरेको दाबी गरको थियो ।