
पूर्णपुष्टि,चैत्र २७ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मागेको अडियो प्रकरणबारे अनुसन्धान हुने बताएको छ । आज चितवनमा संञ्चारकर्मीहरुको प्रश्नमा श्रेष्ठले भने ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’
आईतवार रास्वपाका सांसद डा.श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । अडियोमा श्रेष्ठले रास्वपाका सभापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नै उक्त अडियोबारे छानबिन गर्ने जनाएको छ ।
