दुई किशोर–किशोरी मृत अवस्थामा फेला

पूर्णपुष्टि, पुष १२
एक किशोरी र एक किशोर गरी दुई जनाको शव मृत अवस्थामा फेला परको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृत्युको कारण खुलि नसकेको र थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0