
पूर्णपुष्टि, जेष्ठ २४ । दाङमा दुई बालिकालाई सामुहिक बलात्कार गर्न खोजेको आरोपमा एक बालक सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा नं. ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ का २० वर्षीय जाबेद भन्ने जाविद अलि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार राप्ती गाउँपालिका–३ मसुरीयाका १४ र १२ बर्षीया बालिका १४ जेठमा गढवा गाउँपालिका–६ बुद्धचोकस्थित आफन्तको घरमा गएको बेलमा आरोपीहरुले मोटरसाइकलमा राखेर लमही–५ स्थित रातो डाँडा स्थित एउटा घरमा लगेर सामुहिक बलात्कारको प्रयार गर्न खोजेका थिए । उनका अनुसार पीडितले जेठ १८ मा प्रहरीमा जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत दाङबाट अनुमती लिएर थप अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
