
पूर्णपुष्टि, माघ १३
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका–४ का २० बर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया –३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् ।
बुधवार राती ७ बजेको समयमा बिराटनगर–१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित प्रहरीले नियनत्रणमा लिएको थियो ।
मोरङकै सुनवर्सी नगरपालिका–८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
