Sunday, April 19News That Matters

दुर्घटनाग्रस्त हेलिकेप्टरमा सवार छ मध्ये चालकसहित दुई घाइते, अर्को हेलिकेप्टरबाट उपचारमा लगियो

पूर्णपुष्टि सम्बाददाता
४ चैत्र, २०८२ । खोटाङ
खोटाङको केपिलासगढी गाउँपालिका –२ खार्ताम्छा बालाबेसीमा आज भएको हेलिकेप्टरमा चालकसहित दुईजना घाइते भएका छन् । काठमाडौंबाट आएको सो हेलिकेप्टरमा चालकसहित छ जना सवार रहेकोमा अन्य सकुसल रहेको जनाइएको छ ।
हेलिकेप्टरका पाइलट सबीन थापा र सवार काजिबहादुर राई घाइते भएका हुन् । उनीहरुलाई अर्को हेलिकेप्टरबाट उपचारका लागि काठमाडौंतर्फ लगिएको सुरक्षास्रोतले जनाएको छ ।

हावाको तिब्रता र धुलो दुर्घटनाको प्रारम्भिक कारण हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे सम्बन्धीत निकायले थप अनुसन्धान तथा जानकारी संकलन गरिरहेको बताइएको छ ।