
पूर्णपुष्टि, पौष २२
झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा मङ्गलवार बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो ।
पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बस तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
