Wednesday, June 10News That Matters

फरार अभियुक्त मगर पक्राउ

पूर्णपुष्टि, पुष २२

लागुऔषध मुद्धाका फरार अभियुक्त त्रियुगा नगरपालिका–६ जलजलेका २५ बर्षीय राजन राना मगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मगरलाई मङ्गलवार करीब साढे ११ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालाय उदयपुरका अनुसार जिल्ला अदालत उदयपुरबाट लागुऔषध मुद्धामा अभियुक्त मगरलाई २४ दिन कैद र रू २ हजार जरिवाना फैसला भएको थियो । कैद तथा जरिवाना असुल उपर गर्न फरार पक्राउ अभियान अन्तर्गत मगरलाई विशेष प्रहरीको टोलीले पक्राउ गरेको हो । अभियुक्त मगरलाई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।