Monday, May 4News That Matters

दुर्घट्ना न्यूनिकरणका लागि नयाँ प्रविधिद्धारा मापसे जाँच

पूर्णपुष्टि,असार २३ । उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्तामा ‘ट्राफिक सप्ताह २०८०’ कार्यक्रम अन्तरगत अवैध ओसार–पसार तथा लागुऔषधको दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका मापसे र लापसे जाँच अभियान सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा आईतवार लालपत्ता चेक पोष्टमा एक कार्यक्रम बीच दुव्र्यसन न्युनिकरणका लागि नयाँ प्रविधिका उपकरणद्धारा ट्राफिक ईन्चार्ज तथा बरिष्ट नायव निरिक्षक लोक बहादुर दियालीले एक सवारी चाकलको परिक्षण गरी अभियान सुरु गरिएको हो ।

कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाहरुमा गत १९ गते मंगलवार देखि ट्राफिक सप्ताह कार्यक्रम विविध कार्यक्रम गरि संञ्चालन गरिरहेको छ । यस्तै उदयपुर र सिहराको सिमा क्षेत्रको रुपमा रहेका लालपत्ता चेक पोष्टबाट लागुऔष प्रयोग कर्ताहरु अत्याधिक मात्रामा पक्राउ पर्ने भएकोले सवारी दुर्घटनाको कारण लागु पदार्थ सेवन (लापसे) गरेको पाइएपछि प्रहरीले मापसे जाँच अभियान चलाएको ट्राफिक ईन्चार्ज दियालीले बताए । उनले (इनसाइट DOA प्यानल 6.1) नामका नयाँ प्रविधिको बारेमा जानकारी दिँदै यसको प्रयोगले ट्राफिक व्यवस्थापन साथै लागुऔषध, दुर्घट्ना न्युनिकरणमा पद्दत गर्ने जनाए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी उपरीक्षक ग्यानेन्द्र फुयालले लागू पदार्थ दुर्व्सनीको ट्रान्जिट पोइन्ट जस्तै भएकोले त्यसलाई न्यूनीकरण गर्न र आम नागरिक एवम सवारी चालकलाई चेतना फैलाउन यो कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रम निरंतरता दिनुपर्ने बताए । वडा नम्बर ६का वडा अध्यक्ष योगेन्द्र दाहालले जिल्लको सदरमुकाम प्रवेशद्दावार भएकाले यस क्षेत्र लागू औषध ओसार–पसारको लागि सजिलो बाटोको केन्द्र भएकोले त्यसलाइ न्यूनीकरण गर्न स्थानीय सरकार, प्रहरी पशासनको समन्वयमा जलजलेमा ३ वटा र लालपतामा १ वटा सिसि क्यामेरा जडान गरिएको बताए । उनले मापसे र लापसे चेकजाँच नियमित रुपमा सञ्चालन हुनुपर्ने र त्यसको लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको जनाए ।

लालपत्ता प्रहरी चौकी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक रोशन निरौलाले आफुले चौकी प्रमुख भएर जिम्मेवारी सम्हालेको ६ महिना अन्तरको समयमा बिभिन्न लागू पदार्थ ओसार पसार र दुव्र्यसनमा पक्राउ परेका ब्यक्तिहरुलाई कानुनी कारर्वाही गर्न सफल भएको बताए । उनले केही राजनैतिक पहुँचको आधारमा त्यस्ता ब्यक्ती छुटाउन दवाब आएपनी आफू नियम र कानुन भन्दा माथी गएर कुनै लोप लालपमा नपर्ने जनाए । साप्ताहिक अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले पनि विभिन्न कार्यक्रम गरि संचालन गरि रहेको छ । सोही अभियान अन्तर्गत लालपत्तामा सवारी चालकहरुको (मापस) मादक पदार्थ सेवन र (लापसे) लागू पदार्थ सेवनको परिक्षण गरिएको हो ।

आज सुरु गरेको अभियानमा यो समाचार तयार गर्दा सम्म १ जना लागू पदार्थ सेवन कर्ता र २ जना मापसे गर्ने सवारी चालक गरी जम्मा १५ वटा सवारी साधनहरु कार्वाहिमा परेको परेको र उनिहरुलाइ कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी बरिस्ठ हवल्दार सागर दियालीले बताए । देशब्यापी रुपमा भएको सञ्चालित ‘ट्राफिक सप्ताह’कार्यक्रम सोमबार जिल्ला ट्राफिक कार्यालय उदयपुर बरुवा बसपार्कमा दिउँसोको मध्यान्नको १२ बजे समापन कार्यक्रम हुँने छ ।