Wednesday, April 22News That Matters

देशभर मनसुनी वायुको प्रभाव : भारी वर्षाको चेतावनी

पूर्णपुष्टि, असार १९ । हाल देशभर मनसुनी वायुको प्रभावले विभिन्न प्रदेशमा मौसम खराब भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति देशभर साधारणदेखि पूर्ण बदली रहने र धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि छ।

मौसम विभागले बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।