
पूर्णपुष्टि, जेष्ठ २५
वितेको २४ घण्टामा नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको हो ।
वितेको २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजास ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सया ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा १ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै देशभर मृतकको संख्या ८ हजार ९८ पुगेको हो ।
वितेको २४ घण्टामा देशभर ६ हजार ५ सय ७० जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर ५ लाख ४५ हजार ३० जना कोरोना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ ।
