Monday, April 20News That Matters

देश र जनताप्रति जवाफदेही पत्रकारिता हुनुपर्ने राज्यमन्त्री अधिकारीको भनाइ

पूर्णपुष्टि, कार्तिक १२ ।
१ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लव अधिकारीले देश र जनताप्रति जवाफदेहि बनेर पत्रकारहरुले काम नगरे पत्रकारिताको धर्म नष्ट हुने बताएका छन् । पत्रकारिताको धर्म बचाउन देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने उनले बताए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षसमेत रहेका राज्यमन्त्ती अधिकारीले प्रतिष्ठानको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको संयोजनमा भएको पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् । “मुलुक र जनता जहिल पनि शिरमा हुनुपर्छ ” उनले भने “पत्रकारिता मात्र नभइ सबै क्षेत्र जनताप्रति जवाफदेहि हुनुपर्छ ।

सरकार कहिले काँही शक्तिको आडमा अन्धो हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिता जगतले झकझाउनु पर्ने बताउनुभयो । सरकार कहिलेकाही निरंकुश पनि हुनसक्ने भन्दै त्यस्तो बेला पत्रकारिताले खबरदारी गर्नुपर्ने बताए । पत्रकारिताको खबरदारीबाटसरकारलाई जनताप्रति जवाफदेहि बनाउन सकिने उनले बताए । उनले जनताको न्यायमा पहुँच पुग्नुपर्नेमा जोड दिदै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अंगका प्रमुखहरुलाई जनताले दुःख पाउने अवस्था निम्तिन नदिन निर्देशन गरे ।

यो पनि …
राज्मन्त्री अधिकारीले गरे उदयपुरका सुरक्षा प्रमुखहरुको टिप्पणी, राज्यमन्त्रीकै देखियो सुरक्षा मापदण्ड बुझाइमा कमजोरी