
भदौ १ गते ।
रामेछापको दोरम्बामा भएको हत्याकाण्डकामा मारिएका १९ जनाको १६ वर्षपछि शालिक अनावरण गरिएको छ । तत्कालिन विद्रोही माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनाको हत्या गरेका स्थानमा शालिक निर्माण गरि अनावरण गरिएको हो ।
२०६० साल साउन ३२ गते तत्कालिन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो ।
उक्त घटनाले सरकार र माओवादी विचको बार्ता भंग भएको थियो भने घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई बर्खास्त गरेको थियो । प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए ।
