Saturday, April 18News That Matters

बांग्लादेशमा १५ हजार झुपडी ध्वस्त

भदौ १ गते ।

बांग्लादेशमा आगालागी हुदा १५ हजार घर जलेर नष्ट भएको छ भने ५० हजार मानिस घरबार विहिन भएको छ । राजधानी ढाकाको चलानटीकाको बस्तीमा शुक्रबार रातीा आगालागी हुँदा उक्त घरको ध्वस्त र ५० हजार मानिस घरबारविहीन भएका हुन् ।

हजारौ घर प्लास्टिकको छानो भएकाले आगो तीव्र गतिमा फैलिएको थियो । ऐतिहासिक नगरमा लागेको आगोबाट करिब ७० जनाको मृत्यु भएको जनाईएको छ ।

बकर ईद पर्व मनाउन पुर्खौली गाउँ गएका बेला आगो लगेको थियो । त्यस बस्तिमा बस्ने मानिसहरु न्युन आय भएकाहरु थिए । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लागेको छैन । अनुसन्धान जारी रहेको जनाईएको छ ।

बस्तिमा लागेको ओगो नियन्त्रणमा लिन ६ घण्टा लागेको थियो । सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ ।