
भदौ १ गते ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित सुरुवात गरेको छ । गतराती भएको पहिलो खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलले पछि पार्दै जित हात पारेको हो ।
खेल सुरु भएको १२ औं मिनेटमा बेन्जिमाले गोल गरेर रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा एक गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा दुई गोल थपेको थियो भने सेल्टाले एक गोल मात्र फर्काएका थिए ।
६१ औं मिनेटमा टोनी क्रुसले अर्को गोल गरेका थिए । त्यसैगरीे ८० औं मिनेटमा भाजक्वएजले निर्णायक गोल गरेर आफ्नो टिमलाई विजयी बनाएको थियो ।
सेल्टाका लागि लोसडाले गोल एक गोल मात्र फर्काउन सफल भएको थियो ।
