Monday, April 20News That Matters

दोश्रो वडा अध्यक्ष कपको उपाधी स्वर्णिम युवा क्लबलाई

पूर्णपुष्टि,फागुन ८ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेमा आयोजित दोश्रो वडा अध्यक्ष कप फुटबलको उपाधी स्वर्णिम युवा क्लव जलजलेले हात पारेको छ ।

फाईनल खेलमा ब्रदर्स ग्रुप फुटबल क्लब बोक्सेलाई टाईब्रेकरमा हराउदै आयोजक स्वर्णिम युवा क्लब जलजलेले उपाधी हात पारेको हो । प्रतियोगिताको निर्धारित ६० मिनेटको खेलमा कुनै पनि टिमको तर्फबाट नतिजा नआएपछी खेललाई टाईब्रेकरमा लगिएको थियो । टाईब्रेकरमा स्वर्णिम युवाका नवीन मगर, देबराज चौधरी, आशिष् थारु, विशाल चौधरिले गोल गरेका थिए । स्वर्णिम युवाकै गोल रक्षक अनिल मगरले २ गोल उत्कृष्ट बचाउ गर्दै टिमलाई ४–२ कोजित दिलाएका थिए ।फाईनल खेलमा गोल रक्षक अनिल मगर म्यान अफ द म्याच भएका थिए । खेल अबधीकै सर्बोकृस्ट खेलाडी, मिड फिल्डर, गोल रक्षकको उपाधि क्रमशः आयोजक टिमकै विशाल चौधरी, देबराज चौधरी, अनिल मगरले हात पारे । खेलकै सबै भन्दा बढी गोलकर्ता ब्रदर्स ग्रुपका प्रबिण राई भए ।

उत्कृष्ट डिफेन्डर ब्रदर्स ग्रुपकै प्रबिण श्रेष्ठले हात पारे। फाईनल खेल प्रदेश न १ का उपसभामुख सृजना दनुवारको प्रमुख आतिथ्य र त्रियुगा नगरपालिकाका उपप्रमुख महेस्वरी राईको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो। फाईनल खेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्थानिय स्तरमा आयोजना हुने खेलहरुले राम्रा खेलाडी उत्पादन हुने, अबसर पाएमा प्रदेशकै नाम उच्च राख्ने बताउनु भयो । त्यसै गरि वडास्तरमा फुटबल प्रतियोगिता आयोजना गरेर स्थानिय क्लबहरुले नगर क्षेत्रको खेलकुद बिकासमा ठूलो योगदान गरेको त्रियुगा नगर उपप्रमुख महेस्वरी राईले बताउनु भयो ।

नगरको खेलकुदको बिकासको लागि स्थानिय सरकार सधै साथ रहेको समेत उप–प्रमुख राईले बताउनु भयो । खेलमा त्रीयुगा वडा ६ का अध्यक्ष योगेन्द्र दाहाल , त्रीयुगा नगर खेलकुद अध्यक्ष बिजय सिंहलगायतले सुभकामना मन्तब्य दिएका थिए। फुटबलखेलमा जम्मा ८ वटा टिमको सहभागिता रहेको आयोजक रमाकान्त चौधरिले बताए। फाईनल खेलको उद्घाटन कार्यक्रममा त्रीयुगा ५ स्थित अन्नपूर्ण सेकेन्डरी स्कुलका बिद्यार्थीले मार्च पास र नृत्य प्रस्तुत गरेका थिए ।