Monday, May 11News That Matters

दोस्रो उदयपुर एक्स्पो महोत्सव सुरु, कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले गरे उद्घाटन

पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा नदि किनारमा आजदेखी दोस्रो उदयपुुर एक्स्पो महोत्सव सुरु भएको छ । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखी सुरु भएको महोत्सवको उदु्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिमप्रसाद पराजुलीले गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री पराजुलीले ब्यापार ब्याबसायको प्रबर्द्धनमा मेला महोत्सवको भुमिका निकै अहम रहने हुदा ब्यापारीक प्रतिस्ठानबाट यस्ता कार्यक्रम निरन्तर रूपमा भैरहनु पर्ने बताएका छन् । ब्यापार, ब्याबसाय जति धेरै चलायमान हुन सक्यो त्यति धेरै आर्थिक समृद्धि हुदै जाने हुँदा यस्ता कार्यक्रमलाई निरंतरता दिन सकेमा ब्यापारीक प्रतिस्ठानले सरकारको मुख ताकि राख्नु नपर्ने र प्रदेश भरी नै सरकारले बार्षिक कार्यक्रम बनाएर आर्थिक बिकासमा सहयोग पुग्योस भन्ने उदेश्यले मेला महोत्सवमा आर्थिक सहयोग गर्दै आएको बताए ।

कृषि, बन, पर्यटन, शिक्षा, कला, सस्कृती, उधोग, ब्यापार:उदयपुरको पहिचान, समृद्धिको आधार भन्ने मुल नाराका साथ दोस्रो उदयपुर महोत्सव सुरु भएको महोत्सव फागुन ८ गते सम्म सन्चालन हुने छ । कोशी प्रदेश उपसभामुख सृजना दनुवारले जिल्लामा बर्सेनि आयोजना हुने मेला महोत्सवले जिल्लाको ब्यापार ब्याबसायमा टेवा पुर्याउने गरेको बताइन् ।

यस महोत्सवमा १६० वटा स्थलहरू निर्माण गरिएको छ । महोत्सवमा सेल्फी जोन पार्कको रूपमा ताजमहल र लन्डन ब्रिज निर्माण गरिएको छ । त्यस्तै यस महोत्सवमा जलपरि टर्नल पनि राखिने आयोजकले जनाएको छ । यस महोत्सवको टिकटको मूल्य १५० तोकिएको छ भने विद्यार्थीका लागि भने १०० रुपैयाँ तोकिएको छ ।