
पूर्णपुष्टि, १० चैत्र ।
नेकपा एमाले उदयपुरका नवौँ अधिवेशन अन्तिम चरणमा पुगे सँगै पार्टी अध्यक्ष परमेश्वर घिमिरेको जिम्मेवारी अबधि सकिँदैछ । यहि चैत्र १३ र १४ गते जिल्ला अधिवेशन हुँदै गर्दा अध्यक्ष घिमिरेले पार्टी नेतृत्वमा फेरी कार्यकाल दाहोराउने निधो समेत व्यक्त गरेको छ । घिमिरेले आफु फेरी पनि नेतृत्वमा आकांक्षी रहेको संकेत गर्दै पार्टी सहज र क्रियाशिलताको लागि अझै एक पटक सम्म नेतृत्वमा जाने तयारी गरेको जनाए ।
पार्टी नेतृत्वमा दुई बर्षको छोटो कार्याकालको क्रममा आफुले धेरै कामहरु गरेको घिमिरेको दावी छ । उनले पार्टीलाई सहज अवतरण, बिभागीय तथा जनवर्गिय समितिलाई चलायमान, कार्यकर्ताप्रति विश्वासको बढुवा, कार्यकर्ता विस्तार लगायतका काम आफ्नो नेतृत्वमा भएको घिमिरेले जनाए ।
उनले केही थप कामहरु अझै बाँकी रहेको पनि सुनाए । बाँकी रहेको काम दोस्रो कार्यकालमा सम्पन्न गर्ने घिमिरेको भनाई छ । घिमिरेले आफ्नो कार्यकाल सकिन अझै केहि समय बाँकी रहेको समेत जनाए छ । यो समयमा उनले पार्टीलाई दरिलो बनाउनुका साथै चुस्तदुरुस्त बनाएर तयारी अवस्थामा पुराएको जनाए । अबको काम भनेको सोही अवस्थामा परिचालन गर्न मात्रै बाँकी रहेको जनाए । नेतृत्वको लागि आकांक्षा व्यक्त गर्दै गर्दा कार्यकर्ता पंक्तिबाट आफुलाई ठुलो साथ समर्थन रहेको समेत जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएको छ ।
