Friday, June 19News That Matters

दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबलाई

पूर्णपुष्टि, माघ २७ । दोस्रो वडा अध्यक्ष गोल्डकप साईड 7A फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबले जितेको छ । शनिबार भएको फाईनल खेलमा दुधौली फुटबल क्लब सिन्धुलीले ताल तलैया फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

त्रियुगा नगरपालिका वडा नं १० नयाँ बस्ति स्थित गंगा खेल मैदानमा भएको खेल निर्धारित समयमा गोल रहित बराबरी भएपश्चात खेल टाईब्रेकरमा परिणत भएको थियो । टाईब्रेकरमा दुधौली फुटबल क्लबले ताल तलौया फुटबल क्लबलाई हराउँदै उपाधिमाथि कब्जा गरेको हो । दुधौलीका लागी जर्सि नं ८ का सुनिल खड्का, जर्सि नं ५ का बिशाल भण्डारी, जर्सि नं १३ का अक्सय दनुवार र अनिस रोक्काले गोल गरे भने दुधौलीका लागी सबिन घिमिरे र सिजल राईले मात्र गोल गर्न सफल भए ।

विजेता क्लब दुधौलीले मेडल, ट्रफी र प्रमाण पत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गरेका गरे । प्रतियोगिताको विजेतालाई समापन समारोहका प्रमख अतिथि त्रिनपाका उपप्रमुख महेश्वरी राईले पुरस्कार हस्ताण्तरण गर्नुभएको थियो । त्यस्तै ताल तलैयाले मेडल, ट्रफी र प्रमाण पत्र सहित ५० हजार १ हजार १ सय ११ रुपैँया प्राप्त गरे । यस खेलको म्यान अफ द म्याच दुधौलीका जर्सि नं ३ का अनिस रोक्का घोषीत भए भने बेस्ट गोल किपर दुधौलीका सुरेश सदा घोषीत भए ।

राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ वडा युवा तथा खेलकुद विकास समिति त्रिनपा १० बोक्सेले प्रतियोगिता आयोजना गरेको हो ।