
पूर्णपुष्टि, कार्तिक १४ । दोस्रो वडा कप फुटबल प्रतियोगिताको उपाधि रुपनि फुटबल क्लबले जितेको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाट पूर्वटोलको खेल मैदानमा भएको फाईनल खेलमा धनगढी फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोलले हराउँदै रुपनीले उपाधि चुमेको हो ।
रुपनीका लागी जर्सि नं. ११ का रुबेन राई र जर्सि नं. ११ का सन्देश कार्कीले १–१ गोल गरे । यस खेलको म्यान अफ द म्याच रुपनिका रुबेन राई बने ।
त्यस्तै बेस्ट गोल किपर रुपनिका कुशल महतरा, बेष्ट डिफेन्ण्र धनगढीका प्रेम राई, बेष्ट मिडफिल्डर धनगढीका ओसन चौधरी, सार्वाधिक गोल कर्ता जनहित युवा क्लबका बिक्रम सुनार र रुपनिका छितिज चौधरी मोष्ट भ्यालुएबल खेलाडी बने ।
त्रियुगा नगरपालिका वडा नं. १ का अध्यक्ष मनोज कुमार चौधरीले उपाधि विजेता रुपनिलाई नगद रु. १५ हजार र उपविजेता धनगढीलाई नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए । ‘राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने मुल नाराका साथ वडा खेलकुद समितिले दोस्रो वडा कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

