Sunday, April 19News That Matters

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथाले जित्यो

पूर्णपुष्टि, कार्तिक १० । दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लब राजावासले जितेको छ । शनिबार बगाहाको खेल मैदानमा भएको फाईनल खेलमा दमौटी फुटबल क्लबलाई टाईब्रेकरमा १ गोलको विरुद्ध ४ गोल गर्दै सगरमाथाले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि पहिलो संस्करणको विजेता दमौटीलाई टाईब्रेकरमा हराउँदै सगरमाथा फुटबल क्लब राजावासले दोस्रो संस्करणको उपाधि कब्जा गरेको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नंं ७ का सनिष लिम्बु, जर्सि नं. ६ का सन्दिप लिम्बु र जर्सि नं. ८ का देवराज चौधरीले गोल गरे । दमौटीको लागी जर्सि नं. ८ का अजित चौधरीले गोल गरे भने जर्सि नं. ४ का गणेश भुजेल र जर्सि नं. १७ का निश्चल ठकुरीको प्रहार गोल रक्षकले रोकेका थिए ।

यस खेलको म्यान अफ द म्याच र बेष्ट गोलकिपर सगरमाथा फुटबल क्लब जर्सि नं. १ का निश्चल कार्की बने । उनले नगद रु. ४ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे । त्यस्तै बेष्ट डिफेन्डर सगरमाथाका जर्सि नं. २ का अनिश चौधरी, बेष्ट मिडफिल्डर दमौटीका जर्सि नं. ५ का अनिस राई, सार्वाधिक गोलकर्ता दमौटीका जर्सि नं. ११ का (कप्तान) पविन राई, बेष्ट स्ट्राइकर दमौटीका जर्सि नं. २७ का पुष्पराज चौधरी र प्लेयर अफ द टुर्नामेष्ट सगरमाथाका जर्सि नं. ११ का निश्चल मोक्तान बने । उनिहरुले नगद रु. ३–३ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे ।

विजेता सगरमाथाले नगद रु. ५१ हजार सहित ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता दमौटीले नगद रु. ३१ हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । प्रमुख अतिथि कोशी प्रदेश सभाकी उप–सभामुख सिर्जना दनुवारले विजेता टिम र बिषेश अतिथि त्रियुगा नगरपालिकाकी उप–मेयर मशेश्वरी राईले उपविजेतालाई पुरस्कार हस्ताण्तरण गरेका थिए ।स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।