Friday, May 22News That Matters

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

पूर्णपुष्टि,चैत्र १९ । नेप्से परिसूचक सातामा कारोबा हुने पहिलो दिन सेयर बजार २० अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५-७५ विन्दुमा पुगेको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो

यसैगरी, नेप्से सूचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दा बढीको कारोबार गरेको छ ।

दोस्रो स्थानमा रहेको शिवम सिमेन्ट कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसूचकहरू राताम्मे भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सूचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ ।

आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।