
पूर्णपुष्टि, चैत्र १९ । रौताहटमा मेयरको सट्टामा एसईई दिंदै मेयरको ज्वाईलाई पक्राउ परेको छ । रौताहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मा।विमा एसइई परिक्षा दिदैँ गर्दा गरुडा–६ पोठियाहीका कमल साह पक्राउ गरेको हो ।
उनि नियमिततर्फ सिम्बोल नं। ३५०३७२८ रहेका देवाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई परिक्षा दिदैँ गर्दा पक्राउ परेका हुन् । परिक्षा चलिरहेको बेला विद्यार्थीमाथि शंकालागी चेकजाँच गर्दा शाहलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका शाह मेयरको ज्वाई साथै इन्जिनियर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
