Friday, May 22News That Matters

जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचान सँग सम्बन्धित नै हुनु पर्ने माग राखेका छन् । प्रदेश नं १ मा जनताको माग विपरिद नामाकरण गरिएको कोशी प्रदेश पहिचानको आधारमा हुनु पर्ने पार्टीले जनाएको छ । मिति २०७९÷१२÷१ गते पार्टीबाट पठाईएको परिपत्रमा संयोगबस कोशी शब्द उल्लेख हुन गएको हुँदा त्यसलाई सच्चाएर हाललाई प्रदेश नं १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गर्ने जानकारी गराईन्छ, पार्टीको एक पत्रमा भनिएको छ ।

पार्टीले पहिल्यै पनि कोशी प्रदेश नामाकरण जनताहरुको माग विपरिद भएको भन्दै प्रेस विज्ञाप्ती मार्फत यसलाई सच्याउन अनुरोध गरेका थिए । प्रदेश १ को नामाकरण कोशी राखिएको प्रति असहमति जनाएको र जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न र गराउन सरकार सँग जोडदार माग गर्दछौँ, पार्टी अध्यक्ष उपेन्द्र यादव हस्ताक्षर पार्टीको पत्रमा उल्लेख गरिएको छ ।