Monday, May 4News That Matters

दोहोरो नागरिकता बनाउने श्रीमान श्रीमती पक्राउ

पूर्णपुष्टि, २० असार ।
दोहोरो नेपाली नागरिकता दिने श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका(५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार गम्भीर र कलावती श्रीमान्(श्रीमती हुन्। कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन्।

उनले पहिलो श्रीमानपटिबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानपटिबाट नागरिकता बनाएको डिएसपी डाँगीले जानकारी दिए।

०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि ०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको डिएसपी डाँगीले बताए।

पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको डिएसपी प्रकाश डाँगीले जानकारी दिए।