Monday, June 22News That Matters

धनकुटामा करेन्ट लागेर एक बालकको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २८

धनकुटामा करेन्टलागेर एक बालकको अकालमै ज्यान गएको छ । धनकुटा नगरपालिका–५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० वर्षीय संजोग श्रेष्ठको करेन्ट लागी ज्यान गएको हो ।

सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा बालकलाई करेन्ट लाग्दा गम्भिर  घाइते भएका  थिए । घाइते बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।