
पूर्णपुष्टि, माघ १६ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोरेर ६ जना थुनुवा फरार भएका छन् । फरार हुनेमा दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका रहेका छन् ।
बिहान ३ बजे हिरासत फोरेर ६ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उहाँका अनुसार पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर उनिहरु फरार भएको हो ।
हिरासतमा सात जना रहेकोमा सवारी दुर्घटना मुद्धाका एक थुनुवा भने भागेका छैन्न । थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने भएको छ । साथै फरार रहेका ६ जनाको खोजि तिव्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
