
पूर्णपुष्टि, असार १९ गते ।
जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका–४ कञ्चनबारी बस्दै आएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे–६ का २६ वर्षीय विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बिराटनगर–३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए । असार १७ गते शुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दह स्थित रहेको आईएम्ईमा उनिहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले आईएम्ईमा पठाएको नगद रकम २५ हजारसहित ऋषिदेवलाई पक्राउ गरेको हो । ऋषिदेव पक्राउ परे सगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
