
पूर्णपुष्टि, असार ५ गते ।
सुनसरीको धरान उपमहानगरपालिका–५ बाट गाँजासहित प्रहरीले दुई महिला पक्राउ गरेका छन् । गाँजाको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले सञ्चाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको हो ।
पसलबाट गाँजा बरामद भएसँगै २२ वर्षिया बिनिता राई र ३२ वर्षिया सिमा राई रहेको धरानका ईन्स्पेक्टर गजेन्द्र रायले बताए दुबै महिलालाई म्याद थप गर्नु सुनसरी जिल्ला अदालत पठाएको रायले बताए ।
महिलाहरुले गाँजा धनकुटाबाट ल्याएर बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
