Wednesday, June 10News That Matters

धरानमा चट्याङ लागेर २ जनाको मृत्यु

पूर्णपुष्टि, असोज १२ गते ।
सुनसरीको देवानगन्ज गाउँपालिकामा आज परेको वर्षासँगै चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका –१ कि ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर–६ का उदिप चन्द्र यादवको मृत्यु भएको हो ।
मृत्यको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।