
पूर्णपुष्टि, जेष्ठ ८
धरानका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङको जित निश्चित देखिएको छ । धरान उपमाहानगरपालिका स्थित ठुलो दलहरुको सामु स्वतन्त्र उम्मेदवार दिएका राईले आफ्नो जित सुनिश्चित बनाएका हुन् । राईले चुनावको क्रममा जनतामुखी काम गर्ने र धरानको समस्याको रुपमा सँधै खड्गीरहेको खानेपानी समस्याको एजेन्डालाई मुख्यतया अघि सारी चुनावी मैदानमा होमिएका थिए । राई ठुलो दल नेकपा एमाले र ५ दलीय गठबन्धनलाई पछि पार्दै आफु जित नजिक पुगेको हो । राईले मतगणना देखिनै ठुला दलहरुलाई चुनौति दिँदै आएका थिए । पछिल्लो समय आफ्नो कोर एरियामा मत गणना सँगै राईले अग्र स्थान जमाए । पछि लगतार अग्र स्थान ओगड्दै आएका राईले सम्वभत जितलाई नजिक पुराएको छ । धरानमा ५ दलिय गठबन्धनबाट कांग्रेस नेता किशोर राई र एमाले बाट पूर्व उपमेयर समेत रहेकी मञ्जु भण्डारी मुख्य प्रतिस्पधी छिन् ।
कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। अब गणना गर्न बाँकी रहेको मत गठबन्धन उम्मेदवारलाई मात्र आउँदा पनि साम्पाङको नै जित हुनेछ।
दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार साम्पाङले १९ हजार ५९७ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार किशोर राईको मत १५ हजार ३१६ रहेको छ। एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीको मत १२ हजार ३४८ छ।
