
पूणर्पुष्टि, मंसिर ३
शरीर जोडिएका २ शिशुको धौलागिरी अस्पताल बुधबार एक महिलाले जन्माएकी छिन् । पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिईन् ।
पर्वतको फलेवास नगरपालिका-२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिएकी हुन् ।
शिशुहरू जन्मदै मृत्त भए पनि आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ ।
‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भन्नुभयो-‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं ।
