
पूर्णपुष्टि, भदौ ६
नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई प्रहरीले पक्राउ गरेको हो ।
देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीको साथबाट सो नक्कली नोट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उनीहरु दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
