Tuesday, June 9News That Matters

उदयपुरमा आज कोरोना संक्रमितको संख्या शुन्य

पूर्णपुष्टि, भदौ ६

स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आज (आईबार) कोरोना संक्रमितको संख्या शून्य देखिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कुनै पनि संक्रमित फेला नपरेको तथ्याङकले देखाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या  शुन्य नभए पनि पछिल्लो २४ घण्टामा संक्रमण शुन्य देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार १ हजार ६७३ पुरुष र १ हजार ४१४ महिला गरी ३ हजार ८७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १०७ पुरुष र १०२ महिला गरी २०७ जना हरेका छन् । जिल्लामा अहिले सम्म कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।