Tuesday, April 21News That Matters

नक्कली पेस्टोलसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने शिक्षक र विद्यार्थी पक्राउ

पूर्णपुष्टि, चैत्र २३ । नक्कली पेस्टोल देखाएर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्ने शिक्षक सहित विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरीनगर गाउँपालिका १ का बालकृष्ण माध्यामिक विद्यालयमा कार्यारत शिक्षक अमर कुमार गुप्ता र सोही गाउँपालिकाका एसइई दिइरहेका विद्यार्थी रोशन सोडाकार रहेका छन् ।

शिक्षक गुप्ताले इटालियन पेस्तोल जस्तो देखिने हतियार सहितको फोटो फेसबुकमा पोष्ट गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकाले जानकारी दिए । एसपी ढकाले हतियार जस्तो देखिने खेलौना र लाइटर रहेकोले पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र विगतमा उनिहरुको गतिविधिबारे अनुसन्धान गरिने जनाए ।