Saturday, June 6News That Matters

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

पूर्णपुष्टि, १२ असार ।
प्रहरीले थप एक जनालाई नक्कली भुटानी शरणार्थी प्रकरण आरोपमा पक्राउ गरेको छ । घटनामा संलग्न रहेका फरार प्रतिवादी काठमाडौंको मण्डिखाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले ठगीको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको जनाए ।

‘प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो’, रिजालले भने, ‘उनलाई जिल्ला अदालत, काठमाडौं पेश गर्छौं।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै करोडौं असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो। त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो।