
गाईघाट/मंसिर,३०
त्रियुगा नगर युवा सञ्जाल गाईघाटको कार्यलय सोमवार त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीले संयुक्त रुपमा गर्नु भएको छ ।
मेयर चौधरी र उपमेयर चौधरीले संयुक्त रुपमा रिवन काटेर त्रियुगा नगरपालिका नजिकै रहेको कार्यलयलाइ उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा वोल्दै मेयर चौधरीले बिक्रि र विसंङगती लाई हटाउन युवा सञ्जाल र सम्पूर्ण क्षेत्रहरुलाई समेट्ने काम गर्ने बताउनु भयो । उहाँले सक्षम युवा कसरी बनाउने भन्ने कुरामा युवाहरुले ध्यान दिओस भन्ने शुभकामना समेत व्यक्त गर्नु भयो । चौधरीले युवा संञ्जालका निमित्त आफ्ले सक्दो सहयोगहरु गर्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
यस्तै उपमेयर चौधरीले युवाहरुमा धेरै जिम्मेवार रहने बताउनु भयो । उहाँल बाल संञ्जाल हुदै युवा र पछि राष्ट्रिय उन्नतीमा समेत युवाको भुमिका रहने बताउनु भयो । उहाँले धरै युवाहरु यतिवेला खराव काममा लागिरहेको भन्दै त्यसको जिम्मा समेत यो संञ्जालले लिओस भन्ने अनुरोध गर्नु भयो ।
त्यस्तै महिला अधिकारकर्मी तथा आभासका केन्द्रिय संयोजक नजबुल खानले उदयपुरका युवा संञ्जाल १ नं प्रदेशकै नमुना संञ्जाल बन्न प्रेरित गर्नु भयो उहाँले महिला तथा पुरुष समनतामा जोड्दै समाजमा रहेको लैँङगीक विभेदमा समेत यसको प्रयास रहोस भन्ने प्रेरित गर्नु भयो ।
त्रियुगा नगर युवा संञ्जालका अध्यक्ष सुरेस गुप्ताले समृद्धिको लागि युवाहरुमा लगानी लगाउनु पर्ने बताउनु भयो । गुप्ताले त्रियुगा नगरपालिकाले पनि विषेश रुपमा युवाहरुमा लगानी लगाउन अनुरोध गर्नु भयो । युवाहरुमा लागेको लगानी समृद्धि र विकासमा टेवा पुग्ने पनि सबैमा जानकारी गराउनु भयो ।
