पूर्णपुष्टि, मंसिर २९ ।
एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आईतबार पक्राउ२ गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का फरार प्रतिबादी टंकबहादुर मगरलाई गाईघाट बजारबाट पक्राउ गरेको हो ।
उनलाई वन सम्बन्धीको मुद्दामा जिल्ला अदालत उदयपुरले २ महिना ३ दिन कैद र १७ हजार रुपैया जरिवाना तोकेको थियो । फरार रहेको अवस्थामा पक्राउ परेका उनलाई अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।
