
धनकुटा, कार्तिक २८ गते ।
धनकुटा नगरपालिका–८ चुलिवन निबासी २० बर्षीय सोच कुमार राईलाई तमोर नदीले बगाएर बेपत्ता भएका छन् । मुलघाटमा साथीहरुसंग पौडी खेल्ने क्रममा बुधवार दिउँसो पौने ५ बज नदिले एक्कासी बगाउदा राई बेपत्ता भएका हुन् ।
नदीले बगाएर बेपत्ता भएका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटेका प्रहरी टोलीले खोजतलास गरिहेको प्रहरीले जनाएको छ ।
